Kathmandu Press

एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्छ : ओली 

काठमाडौं–१ मा पार्टीका उम्मेदवार किरण पौडेलको चुनावी प्रचार कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले यसपालि जनताले एमालेबाहेकका अन्य दललाई राष्ट्रिय शक्ति बनाउन नहुने बताएका हुन् । 
एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्छ : ओली 

काठमाडौं, कात्तिक १६ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ को निर्वाचनमा एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्ने बताएका छन् । 

काठमाडौं–१ मा पार्टीका उम्मेदवार किरण पौडेलको चुनावी प्रचार कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले यसपालि जनताले एमालेबाहेकका अन्य दललाई राष्ट्रिय शक्ति बनाउन नहुने बताएका हुन् । 

उनले एमालेलाई देशको राष्ट्रिय शक्ति नबनाए देशले दुर्भाग्य खेप्नुपर्ने बताए । देशमा पुनः गठबन्धनल् नेतृत्व गरे विकास सम्भव नरहेको बताए । 

 ‘यसपल्ट नेकपा एमाले बाहेक अर्को त्यस्तो राष्ट्रिय शक्ति छैन । त्यो राष्ट्रिय शक्ति निर्माण गर्न जरुरी छ । देशका लागि राष्ट्रिय शक्ति निर्माण गर्न एकदमै जरुरी छ । अहिले राष्ट्रिय शक्ति बनाइएन भने, एकल बहुमत आएन भने देश दुर्भाग्यमा जानेछ । दुर्भाग्य भोग्नुपर्छ,’ ओलीले भने ।

प्रकाशित मिति: १३:५२ बजे, बुधबार, कात्तिक १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्