Kathmandu Press

बिना मगरलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

कञ्चनपुर–१ की उम्मेदवार मगरलाई २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको सम्बन्धमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ। 
बिना मगरलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं, कात्तिक १६ : निर्वाचन आयोगले माओवादी केन्द्रकी प्रतिनिधिसभा सदस्य उम्मेदवार बिना मगरलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ।

कञ्चनपुर–१ की उम्मेदवार मगरलाई २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको सम्बन्धमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ। 


आफ्नो निर्वाचन क्षेत्रमा पर्ने बेलौरी नगरपालिकामा निर्वाचन आचारसंहिताविपरीत मगरले २५ जनाभन्दा बढीलाई साथमा लिई घरदैलो कार्यक्रम गरेको भन्दै स्पष्टीकरण सोधिएको हो। मगरले आफ्नै फेसबुक पेजबाट समेत सार्वजनिक गरेको विषयमा उजुरी परेपछि स्पष्टीकरण सोधिएको जनाइएको छ।


निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (ख) मा  ‘स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला गर्न नहुने’ उल्लेख छ। 

आचारसंहितामा घरदेलो गर्ने क्रममा २५ जनाभन्दा बढी व्यक्ति लिएर हिँड्न नपाइने पनि उल्लेख छ।

प्रकाशित मिति: १२:४० बजे, बुधबार, कात्तिक १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्