Kathmandu Press

प्रचण्डकाे स्पष्टीकरण चित्तबुझ्दो नभएको निर्वाचन आयोगकाे भनाइ

उम्मेदवारी दर्ता गर्ने बेलामा बाजा बजाएको विषयमा सोधिएको स्पष्टीकरणको प्रचण्डले चित्तबुझ्दो जवाफ नदिएको आयोगले बताएको हो।
प्रचण्डकाे स्पष्टीकरण चित्तबुझ्दो नभएको निर्वाचन आयोगकाे भनाइ

काठमाडौं, कात्तिक १६ : निर्वाचन आयोगले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको बताएको छ।

उम्मेदवारी दर्ता गर्ने बेलामा बाजा बजाएको विषयमा सोधिएको स्पष्टीकरणको प्रचण्डले चित्तबुझ्दो जवाफ नदिएको आयोगले बताएको हो।

उम्मेदवारी दर्ताका लागि असोज २३ मा प्रचण्ड गोरखा–२ मा पुग्दा बाजागाजा गरिएको भन्दै आयोगले स्पष्टीकरण सोधेको थियो तर उनले कसले बाजा बजायो भन्ने थाहै नभएको जवाफ दिएका थिए।

स्पष्टीकरण चित्तबुझ्दो नभएको ठहर गरेर आयोगले त्यसमा कोको व्यक्ति थिए र प्रचण्डले लगेका हुन् वा होइनन् भनेर खोजी गर्न मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको जनाइएको छ।

प्रकाशित मिति: १२:४५ बजे, बुधबार, कात्तिक १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्