Kathmandu Press

भोट माग्न पुगेकी मानुषीलाई अष्टलक्ष्मीले भनिन्– हामी नमिली सुखै छैन 

बुधबार बिहान चुनावी प्रचार र मत माग्दै भट्टराई शाक्यको घर पुगेकी हुन् । उनले शाक्यसँग भोट र आशिर्वाद मागेकी थिइन् । जवाफमा शाक्यले यथास्थितिमा नमिली सुखै नभएको बताइन् । 
भोट माग्न पुगेकी मानुषीलाई अष्टलक्ष्मीले भनिन्– हामी नमिली सुखै छैन 

काठमाडौं, कात्तिक  १५ : काठमाडौं क्षेत्रनम्बर ७ मा प्रतिनिधि सभा तर्फ गठबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराई मत माग्दै एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको घरमा पुगेकी छन् । 

बुधबार बिहान चुनावी प्रचार र मत माग्दै भट्टराई शाक्यको घर पुगेकी हुन् । उनले शाक्यसँग भोट र आशिर्वाद मागेकी थिइन् । जवाफमा शाक्यले यथास्थितिमा नमिली सुखै नभएको बताइन् । 

 ‘अब यथास्थितिमा अलग(अलग भएर गाली गलौजबाट नमिली सुखै छैन, हाम्रो देश बनाउने हो भने,’ अष्टलक्ष्मीले भनिन् । मानुषीले पनि अष्टलक्ष्मी प्रेरणाको स्रोत र अग्रज नेता भएको भन्दै उनले सुशासन र समृद्धिको बाटोमा अगाडि बढ्ने बताइन् । 

‘उहाँहरुले यति संघर्ष गरेर ल्याउनु भएको व्यवस्थाप्रति सम्मान गर्दै, त्यसैलाई आधार मानेर सुशासन र समृद्धिको बाटोमा हामी एकढिक्का भएर, एउटै मिसन बनाएर युवापुस्ता जान आतुर छौं,’ मानुषीले भनिन्।

प्रकाशित मिति: १२:१४ बजे, बुधबार, कात्तिक १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्