Kathmandu Press

प्रधानमन्त्री देउवा आज धनगढी जाँदै, गृहजिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुने 

गृहजिल्ला डडेलधुराका चुनावी आमसभामा सहभागी हुने क्रममा उनी मंगलबार धनगढी जान लागेका हुन्। देउवा बुधबार धनगढी बसी बिहीबार गृहजिल्ला जाने ​उनको सचिवालयले जनाएको छ । 
प्रधानमन्त्री देउवा आज धनगढी जाँदै, गृहजिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुने 

काठमाडौं, कात्तिक १६ : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधबार धनगढी जाने भएका छन्।

गृहजिल्ला डडेलधुराका चुनावी आमसभामा सहभागी हुने क्रममा उनी मंगलबार धनगढी जान लागेका हुन्। देउवा बुधबार धनगढी बसी बिहीबार गृहजिल्ला जाने ​उनको सचिवालयले जनाएको छ । 

देउवाले वाम–लोकतान्त्रिक गठबन्धन डडेलधुराले जिल्लाका सातवटै स्थानीय तहमा आयोजना गर्ने सभामा सम्बोधन गर्नेछन्। बिहीबार जिल्ला सदरमुकामको बसपार्कमा आयोजित चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम छ। यस्तै कात्तिक १८ गते बिहान नवदुर्गा गाउँपालिकाको बेलापुर खुनी र दिउँसो गन्यापधुरा गाउँपालिका–२ बडालको चुनावी सभामा कार्यक्रम रहेको छ । 

१९ गते बिहान अजयमेरु गाउँपालिकाको भद्रपुर र दिउँसो भागेश्वर गाउँपालिकाको रूपालमा आयोजना हुने कार्यक्रममा सम्बोधन गर्नेछन्। यसैगरी कात्तिक २० गते बिहान आलिताल गाउँपालिकाको गोदाम र घरेलु बजारमा तथा दिउँसो परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम छ।

प्रकाशित मिति: ०८:३३ बजे, बुधबार, कात्तिक १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्