यूवा उम्मेदवारको नयाँ सोच, पोखरालाई टेक सिटीमा विकास गर्ने प्रतिवद्धता
जनतालाई जसरी सेवा गर्न सकिन्छ त्यस्तै महत्वपूर्ण तर साना–साना एजेण्डा लिएर चुनावमा होमिएको छु । विशेषतः मेरो प्रमुख एजेण्डा भनेकै पोखरालाई टेक सिटीको रुपमा विकास गर्नु हो ।’ हालसम्म अन्य कुनै राजनीतिक दलले उठान नगरेको विषयवस्तु भएकाले आफ्नो यस एजेण्डालाई युवापिढीले साथ दिने उनको बुझाई छ ।
काठमाडौं, कात्तिक १६ : मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्तारुढ र प्रतिपक्ष दल गठबन्धनबाट साझा उम्मेदवार बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।
पछिल्लो समय स्वतन्त्र युवा उम्मेदवारको क्रेज वढिरहेको बेलामा केही पुराना पार्टीहरुले पनि युवालाई चुनावी मैदानमा उत्रारेका छन् । यस्तैमध्येका एक हुन् ३२ बर्षीय सुर्वणराज पन्त । राष्ट्रिय प्रजातन्त्र पार्टीले पन्तलाई तर्फबाट कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार बनाएको हो ।
पोखरा महानगरपालिका–८ सृजनाचोक घर भई स्वास्थ्य सेवामा कार्यरत उम्मेदवार बनेका पन्त नयाँ भिजन सहित युवा लक्षित एजेण्डा बनाएर निर्वाचनको नतिजा आफ्नै पोल्टामा पार्ने दाउमा पन्त छन् । उनी भन्छन्, ‘मेरा त्यति ठूला एजेण्डा छैनन् । जनतालाई सपना देखाउने गरि महत्वकांक्षी एजेण्डा पनि ल्याउँदिन् ।
जनतालाई जसरी सेवा गर्न सकिन्छ त्यस्तै महत्वपूर्ण तर साना–साना एजेण्डा लिएर चुनावमा होमिएको छु । विशेषतः मेरो प्रमुख एजेण्डा भनेकै पोखरालाई टेक सिटीको रुपमा विकास गर्नु हो ।’ हालसम्म अन्य कुनै राजनीतिक दलले उठान नगरेको विषयवस्तु भएकाले आफ्नो यस एजेण्डालाई युवापिढीले साथ दिने उनको बुझाई छ ।
यस्तै आफै स्वास्थ्यकर्मी समेत भएकोले वर्षमा १ पटक सुगर, किड्नी र लिभरको निःशुल्क परीक्षण गराउने व्यवस्था, सुपथ औषधी पसल स्थापना गर्नु र प्रिभेन्सन गर्नु नै मेरो प्रमुख एजेण्डा हुन् । स्वास्थ्य क्षेत्रसँगै पर्यटन व्यवसायमा पनि लगानी गरेका पन्तले पोखराको पर्यटन प्रवद्र्धनमा विशेष ध्यान दिने सोच बनाएका छन् । हाल राप्रपाको कास्की जिल्लाको दोश्रो कार्यकालको सहसचिव रहेका पन्त युवा संगठनको सदस्य लगायत विभिन्न पदमा रहेर काम गरेको अनुभव छ ।
शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगार लगायतमा एजेण्डा पार्टीकै एजेण्डा भएकाले उत्पादनशिल र रोजगारीमूलक शिक्षा, अनिवार्य गराउने, स्वास्थ्य सेवा एप बनाएर वितरण गर्ने, ज्येष्ठ नागरिकको ज्ञान, शीप र क्षमतालाई प्रयोग गर्ने सोच उनको छ । भ्रष्टाचारविरोधी कानुन निर्माणमा जोड दिने र अख्तियारलाई मजबुद बनाउन पहल गर्ने, राजनीति नियुक्तिलाई बन्द गराउने लगायतका रहेका छन् ।
टेक सिटी र यसको आवश्यकता
टेक सिटी टेक्नोलोजीको हब हो, जहाँ टेक्नोलोजी स्टार्टअपहरू, ठूला टेक कम्पनीहरूको इकोसिस्टम एकै ठाउँमा फेला पार्न सकिन्छ। यो एक राम्रो इन्टरनेट, बिजुली, र पूर्वाधार पहुँच भएको संगठित ठाउँ हो। टेक सिटीले राष्ट्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ किनभने यसले लगानीकर्ताहरुलाई आकर्षित गर्दछ र प्रमुख टेक कम्पनीहरूको स्थापना गर्दछ। जब हामीसँग प्राविधिक सहर हुन्छ, प्रविधिको माध्यमबाट राष्ट्रिय मुद्दाहरू समाधान गर्न सक्ने धेरै नयाँ विचारहरू कार्यमा आउँछन्।
केन्द्रीकृत ठाउँको साथ, डिजिटल घुमन्तेहरू पनि पोखरामा आउन सक्छन्, शहर र वरपरका पहाडहरूबाट काम गर्न र डिजिटल पर्यटक बन्न सक्छन्। पोखरा पर्यटकीय गन्तव्यका रुपमा परिचित रहेकोले शान्त प्रकृति र सुन्दर दृश्यको साथ, यो काम गर्नको लागि एक आदर्श स्थान हो।
यस ठाउँमा, यदि हामीले प्राविधिक सहरको विकास गर्न सक्यो भने धेरै मानिसहरू यो ठाउँ भ्रमण गर्न आकर्षित हुने र यस क्षेत्रमा प्राविधिक सहयोगी पर्यटक पनि बढ्ने पन्तको भनाइ छ । प्राविधिक सहरको विकासले त्यस ठाउँको पूर्वाधार पनि विकास गर्नेछ, प्राविधिक पाठ्यक्रमहरूबाट स्नातक गरेका विद्यार्थीहरूलाई कम्पनीहरू सञ्चालन गर्न वार्षिक रूपमा रोजगारी प्रदान गर्ने सकिने उनको भनाइ छ ।











