Kathmandu Press

चितुवाको आक्रमणबाट तनहुँमा आठ वर्षीय बालकको मृत्यु

घरदेखि तल रहेको गोठमा साँझपख हजुरआमाले भैँसी दुहिरहेकी र बालक गोठको ढोकामा बसिरहेको अवस्थामा चितुवाले तानेर लगेको प्रहरीले जनाएको छ । 
चितुवाको आक्रमणबाट तनहुँमा आठ वर्षीय बालकको मृत्यु

काठमाडौं, कात्तिक १६ : तनहुँमा चितुवाको आक्रमणबाट मंगलबार साँझ आठ वर्षीय बालकको मृत्यु भएको छ । व्यास नगरपालिका–१२ छिर्कन निवासी जगदीश कुँवरको छोरा अभिनम कुँवरको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । 

घरदेखि तल रहेको गोठमा साँझपख हजुरआमाले भैँसी दुहिरहेकी र बालक गोठको ढोकामा बसिरहेको अवस्थामा चितुवाले तानेर लगेको प्रहरीले जनाएको छ । 

गोठदेखि करिब एक सय मिटर तल लगेपछि मानिसले हल्लीखल्ली गरेपछि चितुवाले बालकलाई छाडेर गएको डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत रामकुमार श्रेष्ठले जानकारी दिए । 

तनहुँमा चितुवाको आक्रमणबाट १२ भन्दा बढी बालबालिकाको मृत्यु भइसकेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । 

प्रकाशित मिति: ०६:३९ बजे, बुधबार, कात्तिक १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्