गठबन्धनलाई कुनै शक्तिले पराजित गर्न सक्दैन् : अध्यक्ष नेपाल
मंगलबार जनकपुरमा धनुषा निर्वाचन क्षेत्र नंवर २ द्वारा आयोजित पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन संविधानको रक्षाका लागि बनेको भन्दै कुनै शक्तिले पनि पराजित गर्न नसक्ने दावी गरेका हुन् ।
काठमाडौं, कात्तिक १५ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा गठबन्धनलाई कुनै शक्तिले पराजित गर्न नसक्ने दावी गरेका छन् ।
मंगलबार जनकपुरमा धनुषा निर्वाचन क्षेत्र नंवर २ द्वारा आयोजित पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन संविधानको रक्षाका लागि बनेको भन्दै कुनै शक्तिले पनि पराजित गर्न नसक्ने दावी गरेका हुन् ।
जनताले ७४ सालको निर्वाचनमा कम्युनिष्ट पार्टीलाई करिव दुईतिहाई बहुमत दिएपनि केपी ओलीले कुनै काम गर्न नसकेको उनले बताए ।
उनले ओलीले गुटबन्दी गरेको र अरुलाई आदेश पालना गर्ने दास बनाउन खोजेकाले पार्टीमा विद्रोह भएको धारणा राखे । अध्यक्ष नेपालले समाजवादीको चूनाव चिन्ह कलमले मुलुकको नयाँ भविष्य निर्माण गर्ने दावी गरे ।
प्रकाशित मिति: १९:१९ बजे, मंगलबार, कात्तिक १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार