Kathmandu Press

तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न सर्वाेच्चकाे अन्तरिम आदेश

न्यायाधीश कुमार चुडालको एकल इजलासले आज मङ्गलवार कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्वाचन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिएका हुन् ।  
तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न सर्वाेच्चकाे अन्तरिम आदेश

काठमाडौं, कात्तिक १५ : सर्वोच्च अदालतले ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा। तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न निर्वाचन आयोगलाई अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले आज मङ्गलवार कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्वाचन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिएका हुन् ।  

नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकी कार्कीलाई लाभको पदमा कायम रहेको भन्दै निर्वाचन आयोगले गएको शनिवार उम्मेदवारी खारेज गरिदिएको थियो । आयोगको निर्णयविरुद्ध कार्कीले हिजो सोमवार सर्वोच्च अदालतमा रिट दिएका थिए ।
 
प्रकाशित मिति: १८:३८ बजे, मंगलबार, कात्तिक १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्