Kathmandu Press

टि–२० विश्वकप : न्युजिल्यानडमाथि इंग्ल्यान्डको जित, सेमिफाइनल पुग्ने टिमको टुंगो अन्तिम खेलबाट

अब अन्तिम खेलमा न्युजिल्यान्डले आरयल्यान्ड, अस्ट्रेलियाले अफगानिस्तान र इंग्ल्यान्डले श्रीलंकाको सामाना गर्ने छन्। यी नै तीन खेलको नतिजाबाट समेमिफाइनल पुग्ने दुई टिमको टुंगो लाग्ने छ।
टि–२० विश्वकप : न्युजिल्यानडमाथि इंग्ल्यान्डको जित, सेमिफाइनल पुग्ने टिमको टुंगो अन्तिम खेलबाट

काठमाडाैं, कात्तिक १५ : अस्ट्रेलियामा जारी आईसिसी टि–२० विश्वकपमा इंग्ल्यान्ड विजयी भएको छ। सुपर १२को समूह बीको चौथो चरणको खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई २० रनले हरायो।

इंग्ल्यान्डको यो जितसँगै समूह बीबाट सेमिफाइनल पुग्ने टिमको टुंगो अन्तिम खेलबाट लाग्ने भएको छ। इंग्ल्यान्डको यो जितसँगै न्युजिल्यान्ड, इंग्ल्यान्ड र अस्ट्रेलियाको सामान ५ अंक भएको छ। रनरेटका आधारमा यी टिम शीर्ष तीनमा छन्।

यही समूहमा ४ अंकसहित श्रीलंका चौथो स्थानमा छ । र, उसको पनि सेमिफाइनल आशा जिवितै छ।

अब अन्तिम खेलमा न्युजिल्यान्डले आरयल्यान्ड, अस्ट्रेलियाले अफगानिस्तान र इंग्ल्यान्डले श्रीलंकाको सामाना गर्ने छन्। यी नै तीन खेलको नतिजाबाट समेमिफाइनल पुग्ने दुई टिमको टुंगो लाग्ने छ।

ब्रिसबनमा पहिला ब्याटिङ गर्दै इंग्ल्यान्डले दिएको १८० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ६ विकेटको क्षतिमा १५९ रन मात्र बनाउन सक्यो । उसका लागि ग्लेन फिलिप्सले सर्वाधिक ६२ रन बनाए। उनले ३६ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

यस्तै, कप्तान केन विलियम्सनले ४० तथा फिलन एलन र मिचेल सान्टनरले समान १६ रन बनाए। इंग्ल्यान्डका साम करण र क्रिस वोक्सले समान २ विकेट लिए।

त्यसपछि पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले जोस बट्लर र एलेक्स हल्सको अर्धशतक मद्दतमा निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १७९ रन बनायो। बटलरले ४७ बलमा ७ चौका र २ छक्काको मद्दतमा ७३ रन बनाउँदा हल्सले ४० बलमा ७ चौका १ छक्का प्रहार गर्दै ५२ रन बनाए।

न्युजिल्यान्डका लोकेइ फर्गुसनले २ विकेट लिए।

प्रकाशित मिति: १७:३३ बजे, मंगलबार, कात्तिक १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्