Kathmandu Press

प्रदेश ५ को नाम ‘लुम्बिनी’ राख्न सिफारिस

बुटबल, मंसिर ३० : प्रदेश ५ को नाम लुम्बिनी प्रदेश राख्न सिफारिस गरिएको छ। नाम तथा राजधानी तोक्न गठन गरिएको विशेष समितिले लुम्बिनी सिफारिस गरेको हो।

प्रदेश ५ को नाम ‘लुम्बिनी’ राख्न सिफारिस

बुटबल, मंसिर ३० : प्रदेश ५ को नाम लुम्बिनी प्रदेश राख्न सिफारिस गरिएको छ। नाम तथा राजधानी तोक्न गठन गरिएको विशेष समितिले लुम्बिनी सिफारिस गरेको हो।

समितिको बैठकले नाम सिफारिस गरेपनि प्रदेश सभालाई बुझाउन बाँकी छ। समितिले प्रदेश सभालाई बुझाएपछि दुई तिहाइले पारित गरिनेछ।

समितिले रुपन्देहीको बुटवल र सैनामैना, कपिलवस्तुको बाणगङ्गा र बुद्धभूमि तथा दाङको भालुवाङ, लमहीलाई राजधानीका लागि सिफारिस गर्ने भएको छ। त्यसमध्ये प्रदेशसभाले एउटा ठाउँलाई पारित गर्नेछ।

नाम र राजधानीको सिफारिस गर्नका लागि डेढ वर्षअघि समिति गठन गरिएको थियो। प्रदेश सभा सदस्य दीपेन्द्र पुनको संयोजकत्वमा समिति गठन गरिएको थियो।

 

प्रकाशित मिति: ११:३० बजे, सोमबार, मंसिर ३०, २०७६