यस्ता छन् एमालेका २० ग्यारेन्टी
घाेषणापत्रमा एक महिनाभित्र नागरिकता प्रदान गर्नेदेखि पाँच वर्षभित्र मुलुककाे जिडिपी १०० खर्ब पुर्याउनेसम्म याेजना उल्लेख छन् ।
काठमाडौं, कात्तिक १५ : नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
मंगलबार काठमाडौंको दरबारमार्गस्थित होटल याक एन्ड यतिमा एक कार्यक्रमको आयोजना गरी एमालेले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको हो ।
घोषणापत्रमा एमालेले पाँच वर्षमा गर्नेगरी विभिन्न २० ज्ञारेन्टी उल्लेख गरेको छ । जसमा नागरिकता प्रदानदेखि १०० खर्बको जिडिपी पुर्याउने उल्लेख छन् ।
यस्ता छन् घोषणापत्रमा उल्लिखित २० ग्यारेन्टी
१ पहिलो सेसनः समृद्धि अधिवेशन
२ नेपालीलाई मात्र नागरिकता
३ हङ्गरः नो लङ्गर
४ उत्पादन स्वदेशी बजार विदेशी
५ कमाइः युवाको रोजाइ
६ सुरक्षित छाना : पुग्छ सबैको चाहना
७ पढाइः भविष्यको जग बसाइ
८ प्रेसरःसुगर : भइन्न बिरामी औषधि बेगर
९ फ्रि मिटरः दश हजार लिटर
१० फ्रि युनिटः ५० युनिट
११ खेत बारीमा पानीः खाडीमा हैन, स्वदेशमै जवानी
१२ दिनदिनै सडक विस्तारः विकासका पूर्वाधारको आधार
१३ भूमिगत तारः सहर बजार
१४ नो लाइनः सेवा अनलाइन
१५ पाँच लाख रोजगारः न्यूनतम ज्याला २५ हजार
१६ समृद्धिसँगको नाताः सबैको बैंक खाता
१७ स्वस्थ महिनाबारी : १५ सय वर्षभरी
१८ हामी सामाजिकः सभ्य नागरिक
१९ फाइभ जी सञ्चारः आइटीमा चमत्कार
२० हाम्रो अर्थः १०० खर्ब











