एकमात्र मैत्रीपूर्ण खेले खेल्न सकिने पाकिस्तानलाई एन्फाको जवाफ
पाकिस्तानले नेपालसमक्ष दशरथ रंगशालामा आगामी कात्तिक ३० र मंसिर ६ गते मैत्रीपूर्ण खेल खेल्न प्रस्ताव गरेको थियो।
काठमाडाैं, कात्तिक १५ : नेपालसँग २ मैत्रीपूर्ण खेल खेल्ने पाकिस्तानले गरेको प्रस्तावको जवाफमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले १ खेल मात्र खेल्ने सकिने भन्दै जवाफ पठाएको छ।
पाकिस्तानले नेपालसमक्ष दशरथ रंगशालामा आगामी कात्तिक ३० र मंसिर ६ गते मैत्रीपूर्ण खेल खेल्न प्रस्ताव गरेको थियो। तर, एन्फाले कात्तिक ३० गते १ मात्र मैत्रीपूर्ण खेल खेल्न सकिने भन्दै जवाफ पठाएको छ।
सोमबार एन्फाका उपत्यकामा रहेका पदाधिकारीहरुसहितको अनौपचारिक बैठकले भने पाकिस्तानसँग दुई खेलको सट्टा एक खेल मात्र खेल्न सकिने भनेर जवाफ पठाउने निर्णय भएको एन्फा प्रवक्ता सुरेश साहले जानकारी दिए।
नेपालमा निर्वाचन नजिक आएकोले दुई खेल सम्भव नहुने र कात्तिक ३० गते एक खेल मात्र गर्न सकिने एन्फको ठहर छ।
अब पाकिस्तानले पत्रको जवाफ पठाएपछि नेपाल र पाकिस्तानबीचको खेल हुने विषय टुंगो लाग्नेछ।
प्रकाशित मिति: १६:३६ बजे, मंगलबार, कात्तिक १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











