Kathmandu Press

टि–२० विश्वकप : श्रीलंकासँगको हारसँगै अफगानिस्तान सुपर १२ बाट बाहिरियो

मंगलबार ब्रिसबनमा भएको खेलमा श्रीलंकासँग ७ विकेटले पराजित भएपछि अफगानिस्तान सुपर १२ बाट बाहिरिएको हो।
टि–२० विश्वकप : श्रीलंकासँगको हारसँगै अफगानिस्तान सुपर १२ बाट बाहिरियो

काठमाडाैं, कात्तिक १५ : अफगानिस्तान अस्ट्रेलियामा जारी आईसिसी टि–२० विश्वकपको सुपर १२ बाट बाहिरिएको छ। मंगलबार ब्रिसबनमा भएको खेलमा श्रीलंकासँग ७ विकेटले पराजित भएपछि अफगानिस्तान सुपर १२ बाट बाहिरिएको हो।

सुपर १२ को समूह बीमा ४ खेलमा २ हार र २ बराबरी खेलेको अफगानिस्तान २ अंकका साथ पुछारमा छ । यता, दोस्रो जित निकालेको श्रीलंका तेस्रो स्थानमा उक्लिएको छ। उसले ४ खेलमा ४ अंक नै जोडेको छ । यो समूहमा न्युजिल्यान्ड ५ अंकसहित शीर्ष स्थानमा छ।

पहिला ब्याटिङ गर्दै अफगानिस्तानले दिएको १४५ रनको लक्ष्य श्रीलंकाले ९ बल अगावै ४ विकेटको क्षतिमा भेट्टायो। श्रीलंकाका लागि धनन्जय डी सिल्भाले ४२ बलमा अविजित ६६ रन रन बनाए । उनले ६ चौका र २ छक्का प्रहार गरे ।

यस्तै, कुशल मेन्डिसले २५, चरिथ असलंका र भानुका राजापाक्षले १८ रन जोडे । अफगानिस्तानका मुजिव उर रहेमान र रासिद खानले समान २ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ८ विकेट गुमाएर १४४ रन बनाएको थियो । अफगानिस्तानका लागि ओपनरहरु रहमानुल्लाह गुर्बाजले २८, उस्मान घानीले २७ रन बनाए।

श्रीलंकाका लागि वानिन्दु हसरंगाले ३ तथा लहिरु कुमाराले २ विकेट लिए।

प्रकाशित मिति: १६:१८ बजे, मंगलबार, कात्तिक १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्