एमालेको घोषणापत्र : मासिक १० हजार लिटर पानी र ५० युनिटसम्मको विद्युत निःशुल्क
एमालेले पाँच वर्षभित्र ६५ सय मेगावाट विद्युत उत्पादन गर्ने र प्रतिपरिवार ५० युनिटसम्म निःशुल्क विद्युत प्रदान गर्ने घोषणा गरेको छ
काठमाडौं, कात्तिक १५ : नेकपा एमालेले दस वर्षभित्र सबै परिवारमा पिउने पानीको आधारभूत सुविधा पुर्याउने घोषणा गरेको छ ।
मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै एमालेले प्रत्येक परिवारलाई मासिक १० हजार लिटरसम्म निःशुल्क खानेपानी उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको छ ।
त्यस्तै पाँच वर्षभित्र ६५ सय मेगावाट विद्युत उत्पादन गर्ने र प्रतिपरिवार ५० युनिटसम्म निःशुल्क विद्युत प्रदान गर्ने घोषणा गरेको छ । हिउँदमा ३० युनिटसम्म निःशुल्क विद्युत उपलब्ध गराइने बताएको छ ।
त्यस्तै तीन वर्षभित्रसतह तथा भूमिगत सिँचाईबाट तराई मधेशको थप ३ लाख हेक्टर जमिन सिंचित गरिने घोषणापत्रमा उल्लेख छ । सिंचाईमा वर्षायामको विजुली महसुलमा ५० प्रतिशत र हिउँद यामको विजुली महसुलमा २५ प्रतिशत छुट दिने एमालेले बताएको छ ।
प्रकाशित मिति: १६:०२ बजे, मंगलबार, कात्तिक १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











