एमालेको घोषणापत्र : पाँच वर्षभित्र मुलुकको जिडिपी १०० खर्ब, प्रतिव्यक्ति आम्दानी ३ लाख पुर्याउने

काठमाडौं, कात्तिक १५ : नेकपा एमालेले पाँच वर्षभित्र मुलुकको कुल गार्हस्थ उत्पादन (जिडिपी) १०० खर्ब पुर्याउने लक्ष्य लिएको छ ।
मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै एमालेले जिडिपी पाँच वर्षभित्रै सय खर्ब पुर्याउने प्रतिवद्धता व्यक्त गरेको हो । अहिले नेपालको जिडिपी ३६ खर्ब छ ।
त्यस्तै पाँच वर्षभित्र नेपालीको प्रतिव्यक्ति आम्दानी तीन लाख रुपैयाँ ( करिब २४ सय अमेरिकी डलर) पुर्याउने पनि घोषणापत्रमा उल्लेख छ । सन् २०२१ मा नेपालीको प्रतिव्यक्ति आम्दानी १ हजार २२३ अमेरिकी डलर पुगेको थियो ।
एमालेले ५ वर्षमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या २५ लाख पु¥याउने लक्ष्य लिएकाे छ।
प्रकाशित मिति: १५:४५ बजे, मंगलबार, कात्तिक १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











