एमालेको घोषणापत्र : ६० वर्षमाथिका उच्च रक्तचाप र मधुमेहको बिरामीलाई निःशुल्क औषधी

काठमाडौं, कात्तिक १५ : नेकपा एमालेले आफ्नो नेतृत्वमा सरकार बने ६० वर्षमाथिका उच्च रक्तचाप र मधुमेहका बिरामीलाई निःशुल्क औषधी उपलब्ध गराउने घोषणा गरेको छ।
मंगलबार घोषणापत्र सार्वजनिक गर्दै एमालेले त्यस्ता बिरामीहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण र निःशुल्क औषधी वितरण गर्ने प्रतिवद्धता जनाएको हो ।
त्यस्तै ७५३ वटै पालिकामा आधारभूत अस्पताल र सातै प्रदेशमा विशिष्टिकृत अस्पतालको व्यवस्था गर्ने एमालेको प्रतिवद्धता छ । अधिकांश रोगको स्वदेशमै उपचार हुने गरी स्वास्थ्य क्षेत्रको विकास गर्ने एमालेको प्रतिवद्धता छ।
प्रकाशित मिति: १५:३१ बजे, मंगलबार, कात्तिक १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











