एमालेको घोषणापत्र : ५ वर्षमा २५ लाख रोजगारी सिर्जना, न्यूनतम ज्याला २५ हजार
नेकपा एमालेले आगामी ५ वर्षभित्र २५ लाख रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ ।
काठमाडौं, कात्तिक १५ : नेकपा एमालेले आगामी ५ वर्षभित्र २५ लाख रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ ।
मंसिर ४ गते हुने संघीय निर्वाचनका लागि मंगलबार घोषणापत्र सार्वजनिक गर्दै एमालेले रोजगारी र स्वरोजगारी गरी पाँच वर्षभित्र २५ लाख रोजगारीको सिर्जना गर्ने घोषणा गरेको हो ।
त्यसका लागि रोजगारी सिर्जना हुने क्षेत्रमा राज्यको लगानी बढाइने, कृषिमा युवाहरुलाई आकर्षित गर्न विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।त्यस्तै न्यूनतम ज्याला २५ हजार पुर्याउने पनि एमालेकाे घाेषणापत्रमा उल्लेख गरिएकाे छ।
त्यस्तै युवाहरुलाई वैदेशिक रोजगारमा जानुपर्ने वाध्यताको अन्त्य गर्ने, विदेशबाट फर्केका युवाहरुलाई स्वदेशमै उद्यम गर्न सहुलियतपूर्ण कर्जामा ऋण दिने लगायतका प्रतिवद्धता एमालेले गरेको छ ।
प्रकाशित मिति: १५:१४ बजे, मंगलबार, कात्तिक १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











