Kathmandu Press

एमालेको घोषणपत्र : एक महिनाभित्र नागरिकता दिने, ६ महिनाभित्र नागरिकतासम्बन्धी समस्या समाधान गर्ने 

मंगलबार सार्वजनिक भएको घोषणापत्रमा एमालेले आफ्नो नेतृत्वमा सरकार बनेको महिनादिन भित्र नागरिकताविहीनहरुलाई नागरिकता प्रदान गर्ने घोषणा गरेको छ । 
एमालेको घोषणपत्र : एक महिनाभित्र नागरिकता दिने, ६ महिनाभित्र नागरिकतासम्बन्धी समस्या समाधान गर्ने 

काठमाडौं, कात्तिक १५ : नेकपा एमालेले नागरिकताविहीन नेपाली नागरिकलाई एक महिनाभित्र बंशजको नागरिकता प्रदान गर्ने प्रतिवद्धता जनाएको छ । 

मंगलबार सार्वजनिक भएको घोषणापत्रमा एमालेले आफ्नो नेतृत्वमा सरकार बनेको महिनादिन भित्र नागरिकताविहीनहरुलाई नागरिकता प्रदान गर्ने घोषणा गरेको हो । 

एमाले नेतृत्वमा सरकार बनेको ६ महिनाभित्र नागरिकतासम्बन्धी अन्य समस्याको समाधान गर्ने घोषणा गरेको छ । त्यस्तै एक महिनाभित्र सबै नागरिकलाई राष्ट्रिय परिचय  वितरण गरिसक्ने उद्घोष एमालेले गरेको छ । 

प्रकाशित मिति: १५:०७ बजे, मंगलबार, कात्तिक १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्