Kathmandu Press

सिन्धुपाल्चोक बस दुर्घटनामा १५ मध्ये १४ यात्रुको सनाखत

सिन्धुपाल्चोक, मंसिर ३० : सिन्धुपाल्चोकदेखि दोलखाको कालिञ्चोक तीर्थ यात्रा गएर फर्केको बस दुर्घटनामा मृत्यु भएका १५ मध्ये  १४ यात्रुको सनाखत भएको....

सिन्धुपाल्चोक बस दुर्घटनामा १५ मध्ये १४ यात्रुको सनाखत

सिन्धुपाल्चोक, मंसिर ३० : सिन्धुपाल्चोकदेखि दोलखाको कालिञ्चोक तीर्थ यात्रा गएर फर्केको बस दुर्घटनामा मृत्यु भएका १५ मध्ये  १४ यात्रुको सनाखत भएको छ।

दुर्घटनामा दोलखाको भीमेश्वर नगरपालिका–९ की  ४२ वर्षीया लक्ष्मी श्रेष्ठ, शैलुङ्गेश्वरी गाउँपालिका फस्कुका १० वर्षीय रञ्जित बस्नेत रामेछाप, उमाकुण्ड गाउँपालिका–४ प्रीतिका  २४ वर्षीय महेश तामाङ, रामेछापको सुनापाटी–६ की ४२ वर्षीया जुना तामाङ, काभ्रेको बेथानचोक–५ का ३५ वर्षीय रामशरण खत्री र ३५ वर्षीया मैयाँ खत्री रहेका छन्।

त्यस्तै, दुर्घटनामा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–४ की  ५५ वर्षीया गङ्गामाया तामाङ, जुगल गाउँपालिका–७ याङ्लकोटकी सात वर्षीया सबिना तामाङ, ३० वर्षीया रेश्मा तामाङ, १५ महिनाकी रोशनी तामाङ, २८ वर्षीया मञ्जु तामाङ,  २८ वर्षीय सुकबहादुर तामाङको मृत्यु भएको छ। बलेफी गाउँपालिका–५ चिम्लिङकी ३७ वर्षीया फूलमाया तामाङ र भक्तपुरको सूर्यविनायक–८ की ३२ वर्षीया चिनु बस्नेतले पनि दुर्घटनामा ज्यान गुमाएका छन्।

एक जना करिब २४ वर्षीया युवतीको सनाखत हुन बाँकी रहेको छ। उनको सिनामंगलस्थित केएमसीमा उपचारका क्रममा मृत्यु भएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार, दुर्घटनामा १६ जना घाइते भएका छन्। सुनकोशी गाउँपालिका– ७ लामोसाँघु जिरी सडक खण्डको छकिलोमा ब्रेक फेल हुँदा बा ४ ख ४४६८ को बस दुर्घटनामा परेको थियो।

भक्तपुरबाट शनिबार रिजर्भमा गएको बसमा चालकसहित ३२ यात्रु रहेका थिए। चालक भने फराररहेको डीएसपी काफ्लेले बताए।

प्रकाशित मिति: १०:३८ बजे, सोमबार, मंसिर ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्