Kathmandu Press

संवेदनशील क्षेत्रमा सुरक्षाको जिम्मा सेनालाई

जिल्ला सुरक्षा समितिको निर्णय र केन्द्रीय सुरक्षा रणनीतिअनुसार सुरक्षाको जिम्मा सेनालाई दिइएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए।
संवेदनशील क्षेत्रमा सुरक्षाको जिम्मा सेनालाई

चितवन, कात्तिक १५ : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा  निर्वाचनलाई लक्षित गर्दै चितवनका संवेदनशील क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ। सुरक्षाका दृष्टिले संवेदनशील मानिएका क्षेत्रमा कालिबहादुर गणले सुरक्षाको जिम्मा दिइएको हो।

जिल्ला सुरक्षा समितिको निर्णय र केन्द्रीय सुरक्षा रणनीतिअनुसार सुरक्षाको जिम्मा सेनालाई दिइएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए। उनका अनुसार कारागार कार्यालय चितवन र नागरिक उड्डयन प्राधिकरण भरतपुरको सुरक्षाको जिम्मा सेनाले लिएको हो।

‘महत्वपूर्ण प्रतिष्ठान र संवेदनशील क्षेत्रमा सेनाले सुरक्षाको जिम्मा लिएको छ,’ प्रजिअ तामाङले भने। केन्द्रीय सुरक्षा रणनीतिअनुसार जिल्लाका तीन निर्वाचन क्षेत्र सेनाले गस्ती बढाएको उनले जानकारी दिए।

नियमितरूपमा निर्वाचन सुरक्षा रणनीतिअनुसार गस्ती बढाएको भन्दै उनले सेनाले आफ्नो नीतिअनुसार काम गरेको बताए। निर्वाचनको सुरक्षाका लागि जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालन भइरहेको तामाङको भनाइ छ ।

मंसिर १० गतेसम्म संवेदनशील क्षेत्रको सुरक्षाको जिम्मा सेनाले लिने उनले बताए।

 

प्रकाशित मिति: ०९:४६ बजे, मंगलबार, कात्तिक १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्