Kathmandu Press

सन्दीपविरुद्धको बलात्कार मुद्दा : आजदेखि थुनछेक बहस, बुधबारसम्म फैसला आउने

आजदेखि प्रतिवादीको बयान लिने काम सुरु हुने र त्यो सकिएलगत्तै थुनछेक बहस हुनेछ । सम्भवतः बुधबार साँझसम्म अदालतको फैसला आउने बताइएको छ।
सन्दीपविरुद्धको बलात्कार मुद्दा : आजदेखि थुनछेक बहस, बुधबारसम्म फैसला आउने

काठमाडौं, कात्तिक १५ : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुँदैछ। सन्दीपविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएपछि आजबाट थुनछेक बहस सुरु हुने भएको हो।

आजदेखि प्रतिवादीको बयान लिने काम सुरु हुने र त्यो सकिएलगत्तै थुनछेक बहस हुनेछ । सम्भवतः बुधबार साँझसम्म अदालतको फैसला आउने बताइएको छ।

प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले सन्दीपलाई १० देखि १२ वर्षसम्म कैद सजाय र पीडितलाई क्षतिपूर्ति माग दाबी गर्दै मुद्दा दायर गरेको छ ।

गत भदौ ५ गते राति तिलगंगाको एक होटलमा लगेर सन्दीपले १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप छ।

प्रकाशित मिति: ०९:३३ बजे, मंगलबार, कात्तिक १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्