एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै, ओलीसँग लाइभ डिबेट
घोषणपत्र सार्वजनिकसँगै अध्यक्ष केपी शर्मा ओलीसँग लाइभ डिबेट पनि हुनेछ ।प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते हुँदै छ ।
काठमाडौं, कात्तिक १५ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को चुनावी घोषणापत्र आज सार्वजनिक गरिने भएको छ ।
एमाले प्रचार विभागका अनुसार दिउँसो साढे १ बजे होटेल याक एन्ड यतीमा घोषणापत्र सार्वजनिक गरिनेछ ।
घोषणपत्र सार्वजनिकसँगै अध्यक्ष केपी शर्मा ओलीसँग लाइभ डिबेट पनि हुनेछ ।प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते हुँदै छ ।
सोही निर्वाचनलाई लक्षित गर्दै एमालले घोषणापत्र सार्वजनिक गर्न लागेको हो । नेपाली कांग्रेसलगायत दलहरुले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।
प्रकाशित मिति: ०७:२७ बजे, मंगलबार, कात्तिक १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार