Kathmandu Press

नो नट अगेन अभियानलाई चेतावनी दिएको भन्दै निर्वाचन आयोगविरुद्ध रिट दायर

नो नट अगेन अभियानलाई चेतावनी दिएको भन्दै निर्वाचन आयोगविरुद्ध रिट दायर

काठमाडाैं, कात्तिक १४ : ‘नो, नट अगेन' क्याम्पियन चलाउने अभियान्ताहरूलाई कारबाही गर्ने निर्वाचन आयोगको निर्देशनविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेको बताए।

‘प्रेस विज्ञप्तिले मतदाताहरूलाई संविधानद्वारा प्रदत्त मौलिक हकको उपभोगमा अवरोध तथा कुण्ठा उत्पन्न भई अपुरणीय क्षति पुग्न जाने हुँदा यो रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म मिति जारी प्रेस विज्ञप्ति कार्यान्वयन नगर्नू/ नगराउनू, सो आधारमा कुनै पनि नागरिकलाई यससम्बन्धी विषयलाई लिएर धरपकड एवं मुद्दा नचलाउनू अन्तरिम आदेश समेत जारी गरी पाऊँ’, दायर रिटमा उल्लेख गरिएको छ।

निर्वाचन आयोगले विभिन्न दलका शीर्ष नेताको फोटो राखेर ‘नो, नट अगेन’ को प्रचार रोक्न निर्देशन दिएको थियो।

आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै त्यस्तो प्रचार गर्नेलाई १ लाख रुपैयाँ जरिवानादेखि पाँच वर्ष कैद हुने चेतावनी समेत दिएको थियो।

प्रकाशित मिति: १९:१९ बजे, सोमबार, कात्तिक १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्