देशले प्रतिभावान् कलाकार गुमाएको भन्दै प्रधानमन्त्रीद्धारा दुख ब्यक्त
काठमाडौं, मंसिर ३० : प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिनमा देशले प्रतिभावान् दुई कलाकार गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् । आज बिहान समाजिक सञ्जा....
काठमाडौं, मंसिर ३० : प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिनमा देशले प्रतिभावान् दुई कलाकार गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् । आज बिहान समाजिक सञ्जाल ट्विटर मार्फत कलाकारद्धय केशव भट्टराई र दीपक क्षेत्रीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दे उनले परिवारजनमा गहिरो समवेदना प्रकट गरेका हुन् ।
उनले ट्विटरमा लेखेका छन्,‘बितेका दुई दिनमा हामीले प्रतिभावान् दुई कलाकार, केशव भट्टराई र दीपक क्षेत्रीलाई गुमायौं । उहाँहरुको कला सधैं हाम्रो स्मृतिमा रहनेछ । हार्दिक श्रद्धाञ्जलि शोकाकुल आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’
लामो समयदेखि नेपाली चलचित्रमा सक्रीय रहेका ५८ वर्षीय क्षेत्रीको गत शनिबार डिल्ली बजारस्थित आफ्नै निवासमा र चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको आइतबार राति अनिधन भएको हो ।






