Kathmandu Press

माओवादीको घोषणापत्र : शक्तिशाली आयोग बनाउने, प्रधानमन्त्रीदेखि नेतासम्मका सम्पत्ति छानविन गर्ने

माओवादीको घोषणापत्र : शक्तिशाली आयोग बनाउने, प्रधानमन्त्रीदेखि नेतासम्मका सम्पत्ति छानविन गर्ने

काठमाडौं, कात्तिक १४ : नेकपा माओवादी केन्द्रले २०४७ सालदेखि सार्वजनिक लाभको पदमा रहेका व्यक्तिहरुको सम्पत्ति छानविन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

सोमबार घोषणापत्र जारी गर्दै माओवादी केन्द्रले ०४७ देखि हालसम्मका प्रधानमन्त्री, मुख्यसचिव देखि राजनीतिक दलका नेताहरुको सम्पत्ति छानविन गर्न उच्चस्तरीय आयोग बनाउने प्रतिवद्धता व्यक्त गरेको हो ।

मुलुकमा बढ्दो भ्रष्टाचारलाई रोक्नका लागि सम्पत्ति छानविन गर्ने व्यवस्था ल्याउन लागिएको माओवादी अध्यक्ष प्रचण्डको भनाई छ । आयोगलाई शक्तिशाली बनाएर सार्वजनिक लाभको पदमा रहेका व्यक्तिहरुको सम्पत्ति छानविन गर्ने र भ्रष्टाचार गर्नेलाई कडा कारबाही गर्ने व्यवस्था गर्ने माओवादीको प्रतिवद्धता छ । 

अध्यक्ष प्रचण्डले आफू लगायत माओवादी केन्द्रका नेताहरुको पनि सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘मिति तोकेरै सार्वजनिक गर्छौँ, म देखि लिएर सबै प्रधानमन्त्री, मन्त्री, विशिष्ट श्रेणीका व्यक्तिहरुको सम्पत्ति छानविन गर्ने भनेका छौं, तपाईँहरुको साथ भयो भने कार्यान्वयन हुन्छ,’ पत्रकार सम्मेलनमा प्रचण्डले भने। 
 

प्रकाशित मिति: १६:२० बजे, सोमबार, कात्तिक १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्