माओवादीको घोषणापत्र : संविधान संसोधन र प्रत्यक्ष निर्वाचित राष्ट्रपति (पूर्णपाठ)

काठमाडौं, कात्तिक १४ : नेकपा माआवादी केन्द्रले संविधान संसोधनलाई प्रमुख एजेन्डाको रुपमा अघि सारेको छ । आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दै माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री रहने गरी संविधान संसोधन गर्ने प्रतिवद्धता व्यक्त गरेको हो।
घोषणापत्रमा १६५ सिटको प्रतिनिधिसभा र ५५ सिटको राष्ट्रियसभा भएको संघीय संसद र समग्रमा ३३० सिटको प्रदेशसभा रहने परिकल्पना गरिएको छ । संघमा २५ जना नबढाई र प्रदेशसभामा कुल सांसद संख्याको १५ प्रतिशतमा नबढाई सानो आकारको मन्त्रीमण्डल गठन गर्ने व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।
घोषणापत्रमा सुशासन, पारदर्शीता, जवाफदेहिता र वित्तिय अनुशासनका सम्पूर्ण सिद्धान्त अनुसरण गरी डिजिटाइज्ड सरकारी कार्यालयमार्फत भ्रष्टाचारमुक्त र मितव्ययी रुपमा सेवा प्रवाह हुने प्रशासन प्रणाली अवलम्बन गर्ने प्रतिवद्धता गरिएको छ ।
पूर्णपाठ :











