उम्मेदवारी खारेजी गर्ने आयोगको निर्णयविरुद्ध सर्वोच्चमा तोसिमा
ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्नुभएकी कार्कीले आफ्नो उम्मेद्वारी खारेज भएपछि सर्वोच्च गएकी हुन्।
काठमाडाैं, कात्तिक १४ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सदस्य डा. तोसिमा कार्कीले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत गएकी छन्।
ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्नुभएकी कार्कीले आफ्नो उम्मेद्वारी खारेज भएपछि सर्वोच्च गएकी हुन्।
मेडिकल काउन्सिलको निर्वाचित पदमा कार्यरत रहेको भन्दै आयोगले उम्मेदवारी खारेज गरेको थियो। सोमबार समर्थकसहित सर्वोच्च पुगेर आयोगको निर्णय पक्षपात पूर्ण भएको भन्दै रिट दर्ता गरिएको हो।
त्यसअघि काठमाडौंको माइतिघरमा आयोजित विरोध प्रदर्शनमा कार्कीले पाटन अस्पतालमा लाभको पदबाट राजीनामा दिएको र मेडिकल काउन्सिलको पद लाभको पद नभएको जानकारी गराउदा पनि उम्मेद्वारी खारेज गर्ने आयोगको निर्णय शंकास्पद रहेको उनले बताइन्।
प्रदर्शनमा सहभागीहरुले डा. कार्की चुनावमा निर्वाचन आयोग षडयन्त्रमा, युवालाई साथ दिउ नयाँ युग पाउँ, राजनीति फोहरी खेल गर्न पाइँदैन लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए।











