Kathmandu Press

केरलमा प्लास्टिकको बोटलबाट बनाइयो समुद्री कब्रस्तान

एजेन्सी, मंसिर ३० : संसारमा एकपटक प्रयोग गरिने प्लास्टिकका कारण बढिरहेको प्रदुषणप्रति जागरुक बनाउन भारतको केरलमा अनौठो लाग्ने सृजना गरिएको छ । केरलको ....

केरलमा प्लास्टिकको बोटलबाट बनाइयो समुद्री कब्रस्तान

एजेन्सी, मंसिर ३० : संसारमा एकपटक प्रयोग गरिने प्लास्टिकका कारण बढिरहेको प्रदुषणप्रति जागरुक बनाउन भारतको केरलमा अनौठो लाग्ने सृजना गरिएको छ । केरलको कोझिकोडमा प्लास्टिकको बोतलबाट संसारकै पहिलो मरिन सिमिट्री (समुद्री कब्रस्तान) बनाइएको छ ।

यो कब्रस्तान त्यहाँको जिल्ला प्रशासनको ‘क्लिन बीच मिशन र बेपोर पोर्ट विभाग’को सहयोगमा जेलिफिश वाटरस्पोर्ट्सद्वारा कोझिकोडको बेयोर टपमा बनाइएको हो । एकपटक प्रयोग गरिएका प्लास्टिकका बोतलबाट बनाइएको यो संरचनाले लोप भइरहेका समुद्री प्रजातिहरुलाई श्रद्धाञ्जली दिन्छ ।

भारतको केन्द्र सरकारले यसअघि २ अक्टुबरदेखि सिंगल युज प्लास्टिकमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । तर पछि त्यस्तो कुनै योजना नभएको सरकारले जनाएको थियो ।  

समुद्री जीवलाई श्रद्धाञ्जली

प्रयोग भएका प्लास्टिकबाट बनाइएको यो कब्रस्तान लोप भइरहेका समुद्री जीवजन्तुलाई श्रद्धाञ्जली दिनका लागि निर्माण गरिएका हुन् । यसमा सिहर्स, पैरटफिश, लेदरब्याक कछुवा, इगल रेज, साफिस, डुगान्ग, जेबरा शार्क, हेमरहेड माछा र केरलका स्थानीय मिठो पानीका माछा (मिस) समेटिएका छन् ।  

जनचेतनाका लागि स्मारक

कोझीकोडका पोर्ट अधिकारी क्याप्टेन अश्विनी प्रतापले भनेका छन् कि ‘यी कब्रस्तान मानिसमा जागरुकता ल्याउनका लागि बनाइएका हुन् । ताकि मानिसले सिंगल युज प्लास्टिकलाई नदी, समुद्र, खोला र तालमा न फालुन् ।’ सिंगल युज प्लास्टिकले जल प्रदुषण बढिरहेको र त्यसका कारण जलचर प्राणीका कतिपय प्रजाति लोप हुने स्थितिमा पुगेका छन् ।

के हो सिंगल युज प्लास्टिक ? 

प्लास्टिकबाट बनेका त्यस्ता वस्तुहरु जो हामी एकपटक मात्र प्रयोग गर्छौँ र फालिदिन्छौँ । तीं सिंगल युज प्लास्टिकमा पर्छन । त्यसता वस्तुले पर्यावरणमा हानी पुर्याइरहेको हुन्छ । यसको प्रयोग चिप्स प्याकेटको प्याकिङ्ग, बोतल, थर्मोकल प्लेट, गिलास आलि सिंगल युज प्लास्टिकमा पर्छन ।

भारतमा कति खपत

भारतीय एक तथ्यांकले देशमा १९९६ मा ६१ ह्जार टन प्लास्टिक वर्षेनी खपत हुने देखाएको छ । यो २०१७ मा बढेर १ दशमलव ७८ करोड टन पुगेको थियो । गैह्र सरकारी संगठन इन्डियन पोलुसन कन्ट्रोल एसोसियशनका निर्देशक आशीष जैनका अनुसार देशमा जति प्लास्टिकको खपत हुन्छ त्यसमा सिंगल युज प्लास्टिकको जम्मा ४ देखि ५ प्रतिशत अंस हुन्छ । तर यसको तौल हल्का हुने भएकाले हामी यो चारैतिर देख्छौँ । प्लास्टिकको प्रयोग टिभी, रेडियो, गाडी, रिमोट जताततै हुने भए पनि सिंगल युज प्लास्टिक वातावरणीय हिसाबले अत्यन्तै हानिकारक हुने उनले बताएका छन् ।

प्रकाशित मिति: ०७:५४ बजे, सोमबार, मंसिर ३०, २०७६