Kathmandu Press

सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर, १० देखि १२ वर्षसम्म कैद सजाय माग

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आज (सोमबार) दायर गरेको अभियोगपत्रमा सन्दीपलाई १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको छ। 
सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर, १० देखि १२ वर्षसम्म कैद सजाय माग

काठमाडौं, कात्तिक १४ : नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामेछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा जबर्जस्ती करणीको अभियोगपत्र दायर भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आज (सोमबार) दायर गरेको अभियोगपत्रमा सन्दीपलाई १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको छ। 

मुद्दा कुन न्यायाधीशकोमा पर्ने भन्नेबारे भोलि (मंगलबार) गोलाप्रथाबाट छुट्टिने र प्रतिवादीको बयान लिएर थुनछेक बहस सुरु हुने जनाइएको छ।

सन्दीपविरुद्ध भदौ २१ गते १७ वर्षीया एक नाबालिग किशोरीले जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्। त्यस प्रहरीले अनुसन्धान थालेको थियो।

भदौ ५ गते ती १७ वर्षीया नाबालिग किशोरीमाथि बलात्कार गरेको आरोप उनीमाथि लगाइएको छ। प्रहरीले असोज २० गते सन्दीपलाई पक्राउ गरी असोज २४ गते अदालतमा उपस्थित गराएको थियो।

जाहेरीमा नाबालिग किशोरीले आफूलाई भदौ ५ मा गाडीमा राखेर नगरकोट पुर्‍याइएको, त्यही साँझ अबेर फर्किएर तिलगंगाको एक होटलमा लगेर बलात्कार गरेको बताएकी छन्। होटलमा बसेको भनिएको भोलिपल्टै सन्दीप केन्यासँग ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्न नैरोबीतर्फ लागेका थिए।

सो शृंखला नखेली क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न उनी वेस्ट इन्डिज पुगेका थिए। आफूविरुद्ध जाहेरी पर्दा सन्दीप वेस्ट इन्डिजमै थिए। जाहेरी परेकै भालिपल्ट भोलिपल्ट काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन प्रहरीलाई अनुमति दिएको थियो।

प्रकाशित मिति: १४:१३ बजे, सोमबार, कात्तिक १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्