Kathmandu Press

निर्वाचनपछि कांग्रेस नेतृत्वमा सरकार बन्छ : पूर्व उपप्रधानमन्त्री सिंह

'संविधानको रक्षा, राजनीतिको स्थायित्व र विकास निर्माणलाई अगाडि बढाउन आगामी मङ्सिर ४ गतेको निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार बन्छ।'
निर्वाचनपछि कांग्रेस नेतृत्वमा सरकार बन्छ : पूर्व उपप्रधानमन्त्री सिंह

काठमाडौँ, कात्तिक १४ : नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले आगामी निर्वाचनपछि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका छन्।

लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट काठमाडौं क्षेत्र नं. १ को प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका उनले आज भीमसेनगोलामा आयोजित ‘चुनावी कार्यक्रम’मा राजनीति स्थायित्वका लागि आगामी निर्वाचनपछि पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका हुन्।

'संविधानको रक्षा, राजनीतिको स्थायित्व र विकास निर्माणलाई अगाडि बढाउन आगामी मङ्सिर ४ गतेको निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार बन्छ,' नेता सिंहले भने। आवधिक निर्वाचनले मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्ने भएकाले यसतर्फ गम्भीरताका साथ सोच्न उनले मतदातालाई आग्रह गरे।

पूर्वउपप्रधानमन्त्री सिंहले अवसर पाउँदा कुन राजनीतिक दलले के काम गरिरहेको छ, कुन नेता के गर्दैछन्, यी सबैको लेखाजोखा गरेर निर्वाचनमा मतदाताले सही विवेक प्रयोग गर्नुपर्ने सुझाव दिए।

राजनीतिक अस्थिरताका कारण मुलुकमा सुशासन कायम हुन नसकेको उनको भनाइ थियो ।मुलुकको शासन पद्दति सुधार गर्दै युवालाई शिक्षा र रोजगारीको सुनिश्चितताका लागि कांग्रेस सदैव लाग्नेमा नेता सिंहले जोड दिए।

प्रकाशित मिति: १३:४७ बजे, सोमबार, कात्तिक १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्