कारको ठक्करबाट ३५ दिने शिशुसहित तीन जनाको मृत्यु
भैरहवाबाट परासीतर्फ छठघाटतर्फ जाँदै गरेको एउटा कारले सोमबार बिहान ५ बजेतिर ठक्कर दिँदा ३५ दिने शिशुसँगै ओमसतिया गाउँपालिका–४ पननीकी १४ वर्षीया सीमा कुर्मी र २८ वर्षीया प्रमिला कुर्मीको मृत्यु भएको प्रहरीले जनाएको छ।
बुटवल, कात्तिक १४ : रुपन्देहीमा कारले ठक्करबाट ३५ दिने शिशुसहित तीनजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।
भैरहवाबाट परासीतर्फ छठघाटतर्फ जाँदै गरेको एउटा कारले सोमबार बिहान ५ बजेतिर ठक्कर दिँदा ३५ दिने शिशुसँगै ओमसतिया गाउँपालिका–४ पननीकी १४ वर्षीया सीमा कुर्मी र २८ वर्षीया प्रमिला कुर्मीको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार घाइते हुनेमा शिशुकी आमा २४ वर्षीया वन्दना कुर्मी र २६ वर्षीया मन्जु कुर्मी घाइते भएका छन् ।
घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको जनाइएको छ। ठक्कर दिएर फरार भएको कार र चालकको खोजी भइरहेको जनाइएको छ।
प्रकाशित मिति: १२:४४ बजे, सोमबार, कात्तिक १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार