Kathmandu Press

बज्राचार्य अवार्डका लागि आवेदन दर्ता गर्ने म्याद थप 

काठमाडौं, मंसिर ३० : बज्राचार्य क्लबले पौष १२ गते शनिवारआयोजना गर्न लागेको ‘‘बज्राचार्य अवार्ड २०१९’’ का लागि आवेदन दर्ता अवधि....

बज्राचार्य अवार्डका लागि आवेदन दर्ता गर्ने म्याद थप 

काठमाडौं, मंसिर ३० : बज्राचार्य क्लबले पौष १२ गते शनिवारआयोजना गर्न लागेको ‘‘बज्राचार्य अवार्ड २०१९’’ का लागि आवेदन दर्ता अवधि पुष २ गतेसम्म थप गरेको छ ।

नेपाल प्रंज्ञा प्रतिष्ठानमा हुने अवार्डमा सहभागी हुन समय कम भएको गुनासो आएपछि ५ दिन म्याद थप गरिएको हो ।

शिक्षा क्षेत्रमा प्रोत्साहन दिन यो अवार्डको आयोजना गरिएको हो ।

विभिन्न विषयमा उत्कृष्ट अंक प्राप्त गरेका बज्राचार्यहरुलाई पुरस्कृत गरिने समारोहमा चर्या नृत्य तथा लोकप्रिय कलाकारहरुको प्रस्तुति समेत आयोजकले जनाएको छ । 
 

प्रकाशित मिति: ०७:३७ बजे, सोमबार, मंसिर ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्