Kathmandu Press

निर्वाचनपछि कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार : मन्त्री कार्की

मन्त्री कार्कीले विभिन्न आन्दोलनबाट आएको परिवर्तनको उपलब्धि र संविधान विरोधीतत्वलाई परास्त गर्नकमा लागि सत्तारूढ गठबन्धनको निर्माण भएको र निर्वाचनपछि समेत कायम रहने स्पष्ट पारे।
निर्वाचनपछि कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार : मन्त्री कार्की
फाइल तस्बिर ।

सुनसरी, कात्तिक १४ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न निर्वाचनपछि कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताएका छन्।

सुनसरीको बराह क्षेत्र नगरपालिकामा लोकतान्त्रिक वाम गठबन्धनले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानको रक्षा र परिवर्तनको उपलब्धिलाई संस्थागत गर्नका लागिसमेत निर्वाचनपछि कांग्रेसको नेतृत्वमा दुई तिहाइको गठबन्धनको सरकार बन्ने दाबी गरे।

मन्त्री कार्कीले विभिन्न आन्दोलनबाट आएको परिवर्तनको उपलब्धि र संविधान विरोधीतत्वलाई परास्त गर्नकमा लागि सत्तारूढ गठबन्धनको निर्माण भएको र निर्वाचनपछि समेत कायम रहने स्पष्ट पारे।

लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सुनसरी क्षेत्र नम्बर ४ बाट उम्मेदवार रहेका कार्कीले गरिबी निवारण तथा बेरोजगारी समस्यालाई समाधान गर्नका लागि निर्वाचनपछि निर्माण हुने सरकारले ध्यान केन्द्रित गर्ने उल्लेख गरे।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक देश भएको जनाउहुँदै सबैलाई सम्मान र सबै धर्म, भाषालाई सम्मान गर्ने जनप्रतिनिधि चयन गर्नका लागि उनले आग्रह गरे।

झुटको पुलिन्दा बाँड्ने र सामाजिक सद्भाव बिगार्ने तत्वबाट सावधान रहनका लागि समेत मन्त्री कार्कीले आग्रह गरे।

प्रकाशित मिति: १०:३४ बजे, सोमबार, कात्तिक १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्