Kathmandu Press

शीर्ष स्थानमा फर्कियो आर्सनल

आइतबार राति भएको खेलमा नटिङहम फरेस्टलाई ५-० ले हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लिएको हो।
शीर्ष स्थानमा फर्कियो आर्सनल

काठमाडाैं, कात्तिक १४  : आर्सनल पुनः इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको छ। आइतबार राति भएको खेलमा नटिङहम फरेस्टलाई ५-० ले हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लिएको हो।

१२ खेलमा आर्सनलको ३१ अंक छ भने समान खेलबाट २९ अंक रहेको म्यानचेष्टर सिटी दोस्रो स्थानमा छ । नटिङहम भने ९ अंकसहित अन्तिम स्थानमा छ ।

घरेलु मैदान एमिरेट्समा भएको खेलमा आर्सनललाई जित दिलाउन रेइस नेल्सनले दुई गोल गरे । उनले एक गोलका लागि असिस्ट समेत गरे ।

यस्तै गाब्रीएल मार्टिनेली, थोमस पार्टे र कप्तान मार्टिन ओडेगार्डले एकरएक गोल गरे भने गाब्रिएल जेससले दुई गोलका लागि असिस्ट गरे ।

लिगकै अर्को खेलमा म्यानचेष्टर युनाइटेडले वेष्टहमलाई १-० ले पराजित गरेको छ । घरेलु मैदान ओद्य्ड ट्राफोर्डमा युनाइटेडलाई ३ अंक दिलाउन मार्कुस रासफोर्डले एक मात्र गोल गरे ।

 

प्रकाशित मिति: १०:११ बजे, सोमबार, कात्तिक १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्