Kathmandu Press

जिरोनासँग रोकियो रियल

ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा रियल सुरुआती अग्रता जोगाउन नसक्दा जिरोनासँग गिरोनासँग १-१ को बराबरीमा रोकिएको हो।
जिरोनासँग रोकियो रियल

काठमाडाैं, कात्तिक १४ : लिग लिडर रियल मड्रिड गिरोनासँग बराबरीमा रोकिएको छ।

ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा रियल सुरुआती अग्रता जोगाउन नसक्दा जिरोनासँग गिरोनासँग १-१ को बराबरीमा रोकिएको हो।

घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा ७०औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

तर १० मिनेटपछि नै गिरोनाले पेनाल्टीमा बराबरी गोल फर्काए । गिरोनाका क्रिस्टियन स्तुअनीले पेनाल्टीमा गोल गरे ।

इन्जुरी टाइमको पहिलो मिनेटमा रियलका टोनी क्रुस रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि रियल १० खेलाडीमा समेटिएको थियो।

बराबरीपछि १२ खेलबाट ३२ अंक जोडेको रियल शीर्ष स्थानमै छ । दोस्रो स्थानको बार्सिलोनाले समान खेलबाट ३१ अंक जोडेको छ।

प्रकाशित मिति: ०९:२६ बजे, सोमबार, कात्तिक १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्