Kathmandu Press

भारतको गुजरातमा पूल भत्किँदा १४१ जनाको मृत्यु 

भारतको गुजरातमा एउटा पूल भत्किँदा १४१ जनाको मृत्यु भएको छ । पूल भत्किँदा त्यहाँ चार सय बढी मानिस रहेको अनुमान गरिएको छ ।
भारतको गुजरातमा पूल भत्किँदा १४१ जनाको मृत्यु 

काठमाडौं, कात्तिक १४ : भारतको गुजरातमा एउटा पूल भत्किँदा १४१ जनाको मृत्यु भएको छ । पूल भत्किँदा त्यहाँ चार सय बढी मानिस रहेको अनुमान गरिएको छ ।

मच्छु नदीमा बनाइएको सस्पेन्सन पूल अचानक चुडेको थियो । आइतबार बिदाका कारण घुम्न जानेहरु उक्त पूलमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पूल एक्कासी चुडिएपछि सेना, जलसेना, एयरफोर्स एनडीआरएफ, फायर ब्रिगेडलगायतको टोलीले उद्धार गरेको आजतकले जनाएको छ ।

Hardik ivf

अहिलेसम्म दुई सय बढीको उद्धार गरिएको छ । गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले अस्पताल पुगेर घाइतेहरुसँग भेटघाट गरेका छन् । उनले समीक्षा बैठक बोलाएर घटनाको अनुसन्धानका लागि पाँच सदस्यीय समिति गठन गरेका छन् ।

राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति: ०८:१७ बजे, सोमबार, कात्तिक १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्