व्यक्तिको सोचमा समय र समाजको प्रभाव हुनु जरुरी छ : गगन थापा
आज आइतवार काठमाण्डौमा साहित्यकार खगेन्द्र संग्रौलाको पुस्तक एक बाघी लोकपर्ण समारोहमा बोल्दै महामन्त्री थापाले हरेक व्यक्तिको सोचमा समय र समाजको प्रभावसँगै सङ्गतको प्रभाव हुन आवश्यक रहेको बताएका हुन् ।
काठमाडौं, कात्तिक १४ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले हरेक व्यक्तिको सोचमा समय र समाजको प्रभाव हुनु जरुरी रहेको बताएका छन् ।
आज आइतवार काठमाण्डौमा साहित्यकार खगेन्द्र संग्रौलाको पुस्तक एक बाघी लोकपर्ण समारोहमा बोल्दै महामन्त्री थापाले हरेक व्यक्तिको सोचमा समय र समाजको प्रभावसँगै सङ्गतको प्रभाव हुन आवश्यक रहेको बताएका हुन् ।
उनले साहित्यकार संग्रौला आफू सरहका कांग्रेसी नेताहरूको पनि गुरु भएकाले उनको जीवनबाट र साहित्य रचनाबाट हरेक नेपालीले सिक्नुपर्ने कुराहरू धेरै रहेको बताए । महामन्त्री थापाले आफ्नो जीवनमा खगेन्द्र संग्रौलाले नै प्रश्न गर्नुपर्छ र अन्यायविरुद्ध लड्नुपर्छ भन्ने कुरा सिकाएको बताए ।
उनले साहित्यकार संग्रौलाको नयाँ पुस्तक एक बाघी मा कोही एक व्यक्तिको जीवनमा आधारित नभइ समय र समाजले बुझ्नुपर्ने कुराहरू समेटेको पाएको बताए । महामन्त्री थापाले साहित्यकार संग्रौलाका पुस्तकमा समेटिएका हरेक शब्दले समाजको यथार्थता र समयको मागलाई सम्बोधन गर्ने पाएको बताए ।