Kathmandu Press

माओवादी, समाजवादी र राप्रपाले आज घोषणापत्र सार्वजनिक गर्दै 

आज सोमबार ३ राजनीतिक दलहरूले आफ्नो घोषणापत्र सार्वजनिक गर्दैछन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत (समाजवादी) र राप्रपाले चुनावका लागि तयार गरेको घोषणापत्र सोमबार सार्वजनिक गर्दैछन् ।
माओवादी, समाजवादी र राप्रपाले आज घोषणापत्र सार्वजनिक गर्दै 

काठमाडौं, कात्तिक १४ : आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरू घोषणापत्र सार्वजनिक गर्नमा व्यस्त देखिन्छन् ।

आज सोमबार ३ राजनीतिक दलहरूले आफ्नो घोषणापत्र सार्वजनिक गर्दैछन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत (समाजवादी) र राप्रपाले चुनावका लागि तयार गरेको घोषणापत्र सोमबार सार्वजनिक गर्दैछन् । माओवादीले सोमबार दिउँसो तीन बजे पार्टी हेडक्वार्टर पेरिसडाँडामा एक कार्यक्रमबीच पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषणापत्र सार्वजनिक गर्ने तयारी गरिएको छ ।

माओवादीले आगामी पाँच वर्षभित्र समाजवादको आधार तयार गर्ने योजनासहितको घोषणापत्र तयार गरेको छ । त्यस्तै नेकपा एकीकृत समाजवादीले पनि आजै चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । उक्त पार्टीले दिउँसो ३ बजे बानेश्वरस्थित पार्टी कार्यालयमा कार्यक्रम गरेर घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

समाजवादीले घोषणापत्रको नारा ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार, आर्थिक सामाजिक रूपान्तरण र समृद्धि समाजवादको आधार’ तय गरेको छ । त्यसैगरी राप्रपाले पनि सोमबार घोषणापत्र सार्वजनिक गर्दैछ ।

त्यसका लागि बिहान साढे ११ बजे बानेश्वर बैङ्क्वेट थापा गाउँमा कार्यक्रम आयोजना गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । यसअघि नेपाली कांग्रेसले घोषणापत्र सार्बजनिक गरिसकेको छ । 

प्रकाशित मिति: ०७:१३ बजे, सोमबार, कात्तिक १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्