Kathmandu Press

समानुपातिकतर्फ प्रदेश अनुसार मतपत्रमा चुनाव चिह्नको सङ्ख्या फरक हुने

जसअनुसार सबैभन्दा धेरै मधेस प्रदेशमा ५९ वटा चुनाव चिह्न भएको मतपत्र प्रयोग हुनेछ भने सबैभन्दा कम कर्णाली प्रदेशमा २८ वटा चुनाव चिह्न भएको मतपत्र प्रयोग हुने निर्वाचन आयोगले जनाएको हो ।
समानुपातिकतर्फ प्रदेश अनुसार मतपत्रमा चुनाव चिह्नको सङ्ख्या फरक हुने

काठमाडौं, कात्तिक १३ : आउँदो मङ्सिर ४ गते हुने प्रदेश सभातर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेशअनुसार मतपत्रमा चुनाव चिह्नको सङ्ख्या फरक–फरक हुने निर्वाचन आयोगले जनाएको छ । 

जसअनुसार सबैभन्दा धेरै मधेस प्रदेशमा ५९ वटा चुनाव चिह्न भएको मतपत्र प्रयोग हुनेछ भने सबैभन्दा कम कर्णाली प्रदेशमा २८ वटा चुनाव चिह्न भएको मतपत्र प्रयोग हुने निर्वाचन आयोगले जनाएको हो ।

यस्तै प्रदेश नम्बर १ मा ५५ वटा चुनाव चिह्न भएको मतपत्र हुने छ । बाग्मतीमा ५८, गण्डकीमा ५२ र लुम्बिनीमा ५४ वटा चुनाव चिह्न भएको मतपत्र प्रयोग हुने छ भने सुदूरपश्चिम प्रदेशमा ३४ वटा चुनाव चिह्न भएको मतपत्र प्रयोग हुने छ । 

यस्तै प्रदेश नम्बर १ मा बन्दसूची बुझाउने दल भने ३६ मात्र रहेका छन् । त्यस्तै मधेशमा ३६, बाग्मतीमा ४०, गण्डकीमा ३१ र लुम्बिनीमा ३२ वटा दलले मात्र बन्दसूची पेस गरेका छन् । कर्णाली प्रदेशमा चुनावमा सहभागिताका लागि निवेदन दिने दलको सङ्ख्या ४९ छ । त्यस्तै सुदूरपश्चिममा ५० वटा दलले सहभागिताका लागि निवेदन दिएका थिए ।

प्रदेश सभामा प्रदेश १ बाट ३७ जना, मधेशमा ४३ जना, बागमतीमा ४४ जना, गण्डकीमा २४ जना, लुम्बिनीमा ३५ जना, कर्णालीमा १६ जना र सुदूरपश्चिममा २१ जना समानुपातिक निर्वाचन प्रणालीमार्फत सदस्य निर्वाचित हुनेछन् । प्रतिनिधि सभातर्फ भने देशभर ४७ वटा चुनाव चिह्न प्रयोग हुने आयोगले जनाएको छ । 

प्रकाशित मिति: २०:१० बजे, आइतबार, कात्तिक १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्