आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिई पूजा आराधना
तराई मिथिलाका क्षेत्रका साथै काठमाडौंमा अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइएको हो। छठ पर्वका लागि काठमाडौको गुह्येश्वरी गौरीघाट क्षेत्र, कमलपोखरी लगाएत बागमति नदी किनारमा भक्तजनको भिड लागेको थियो।
काठमाडाैं, कात्तिक १३ : छठ पर्वको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइएको छ।
तराई मिथिलाका क्षेत्रका साथै काठमाडौंमा अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइएको हो। छठ पर्वका लागि काठमाडौको गुह्येश्वरी गौरीघाट क्षेत्र, कमलपोखरी लगाएत बागमति नदी किनारमा भक्तजनको भिड लागेको थियो।
छठका व्रतालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन्। केही बर्तालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाई चोखोअर्थात् सात्विक भोजन गरेर बस्छन्।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो। त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ।
लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो। छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ। यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई बर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ।
यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन्। आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन्।











