चुनावी कार्यक्रममै बेहास भए पूर्वमहामन्त्री काेइराला

नवलपुर, कात्तिक १३ : नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला चुनावी कार्यक्रममै बेहाेस भएका छन।
आइतबार नवलपुरको अमरापुरीमा आयोजित चुनावी कार्यक्रममा सहभागी हुँदै गर्दा कोइराला बिरामी भएका हुन।
मंसिर ४ को चुनावका लागि कोइराला नवलपुर क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन्।
काेइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार उनलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएको छ, र अहिले उनकाे अवस्था सामान्य रहेकाे छ।
प्रकाशित मिति: १८:०९ बजे, आइतबार, कात्तिक १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











