Kathmandu Press

कांग्रेसले भन्याे- निर्वाचनका लागि पार्टीले सार्वजनिक गरेको संकल्पपत्र यथार्थपरक

संकल्पपत्रका बारेमा जानकारी दिन आइतबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस सहमहामन्त्री एवं घोषणापत्र तयारी समितिका सदस्य जीवन परियारले पार्टीको संकल्पपत्र यथार्थपरक, निरन्तरतामा नवीनता र आशावादी रहेको बताए।
कांग्रेसले भन्याे- निर्वाचनका लागि पार्टीले सार्वजनिक गरेको संकल्पपत्र यथार्थपरक

काठमाडाैं, कात्तिक १३ : नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गरिएको संकल्पपत्र यथार्थपरक रहेको जनाएको छ ।

संकल्पपत्रका बारेमा जानकारी दिन आइतबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस सहमहामन्त्री एवं घोषणापत्र तयारी समितिका सदस्य जीवन परियारले पार्टीको संकल्पपत्र यथार्थपरक, निरन्तरतामा नवीनता र आशावादी रहेको बताए।

उनले यसअघिको घोषणापत्र कार्यान्वयनको अवस्थालाई अध्ययन गरि अहिलेको संकल्पपत्र तयार गरिएको बताए। उनले अहिलेको संकल्पपत्र मुलुकको वास्तविक अवस्थामा आधारित रहेर कार्यान्वयनयोग्य ढंगले तयार गरिएको पनि दाबी गरे।

परियारले निर्वाचनपछि कांग्रेस पहिलो पार्टी बन्नेमा कुनै आशंका नरहेको भन्दै अन्य दलहरुसंग मिलेर कांग्रेसले सरकार बनाउने तर्क गरे। गठबन्धन दलहरुसँग मिलेर साझा रुपमा संकल्पपत्रमा रहेका विषयहरुलाई अघि बढाइने उनको भनाइ छ।

त्यस्तै कांग्रेस नेता एवं घोषणापत्र तयारी समितिका सदस्य डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रको अध्ययन र अनुसन्धानलाई अध्ययन गर्दै मुलुकको आर्थिक विकासलाई अघि बढाउने खाका तयार गरिएको दाबी गरे। संकल्पपत्रमा उल्लेख ऊर्जालगायतका तथ्यांक यथार्थपरक र वास्तविक भएको स्पष्ट पार्दै उनले निजी क्षेत्रलाई उत्साही बनाउने कार्यक्रमहरुलाई समेटिएको बताए।

त्यस्तै अर्का कांग्रेस नेता एवं समिति सदस्य प्रा.डा. गोविन्दराज पोखरेलले संकल्पपत्रका नीति र सिद्धान्त अति महत्वाकांक्षी नभई वास्तविकतासँग नजिक रहेको जिकिर गरे।

पत्रकार सम्मेलनमा विज्ञ गेजा शर्मा वाग्लेले राष्ट्रिय सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्धमा र विदेश नीतिका बारेमा सहमतिको दस्तावेज बनाउनुपर्नेमा कांग्रेसको प्रस्ताव रहेको बताए। 

प्रकाशित मिति: १७:३१ बजे, आइतबार, कात्तिक १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्