गठबन्धनको सरकार बन्न कसैले रोक्न सक्दैन : मोहनबहादुर बस्नेत
सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समिति/मञ्चले आइतबार काठमाडौंमा आयोजना गरेको संयुक्त भेलामा बस्नेतले अहिले मुलुक गठबन्धनमय बनेकाले आगामी निर्वाचनपछि गठबन्धनको सरकार बन्न कसैले रोक्न नसक्ने बताएका हुन्।
काठमाडौं, कात्तिक १३ : नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले आगामी निर्वाचनपछि गठबन्धनको सरकार बन्न कसैले रोक्न नसक्ने बताएका छन्।
सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समिति/मञ्चले आइतबार काठमाडौंमा आयोजना गरेको संयुक्त भेलामा बस्नेतले अहिले मुलुक गठबन्धनमय बनेकाले आगामी निर्वाचनपछि गठबन्धनको सरकार बन्न कसैले रोक्न नसक्ने बताएका हुन्।
उनले गठबन्धनको सरकार बनेपछि यसअघिको गल्तीलाई सुधार गर्दै जनतासँग गरेको प्रतिबद्धता पूरा गर्नुपर्ने धारणा राखे। बस्नेतलाई मुलुकलाई अधिनायकवाद र भ्रष्टाचारबाट मुक्त गर्न गठबन्धन अपरिहार्य रहेको बताए।
त्यस्तै बस्नेतले अर्कोपटक समेत गठबन्धनबाहेकले चुनाव जित्न नसक्ने गरी काम गरेर देखाउनुपर्ने उल्लेख गरे।
प्रकाशित मिति: १६:५४ बजे, आइतबार, कात्तिक १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार