Kathmandu Press

किम्फमा ‘पियानो टु झंस्कर’ ले जित्यो दुई लाख पुरस्कार

काठमाडौं, मंसिर २९ः पर्वतीय विषयवस्तुमा आधारित फिल्महरुको काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) को अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ द....

किम्फमा ‘पियानो टु झंस्कर’ ले जित्यो दुई लाख पुरस्कार

काठमाडौं, मंसिर २९ः पर्वतीय विषयवस्तुमा आधारित फिल्महरुको काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) को अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ दुई लाख राशीको प्रथम पुरस्कार माइकल सुलिमाको ‘पियानो टु झंस्कर’ ले जितेको छ।
 
कलानी जाकोनको ‘जर्नी टु द सेन्टर अफ द हर्ट’ दोस्रो भएको छ । जसले एक लाख ५० हजार रुपैयाँको पुरस्कार प्रापत गरेको छ ।  त्यस्तै मार्गा गुटेरिजको ‘रोप्स्’ ले एक लाख रुपैयाँ राशीको तेस्रो पुरस्कार हात पारेको छ। 

नेपाल पानोरामा अन्तर्गत केदार श्रेष्ठको ‘जुनुको जुत्ता’ उत्कृष्ट कथानक (फिक्सन) र प्रणवनारायण मानन्धरको ‘पोट्रेड अफ माने’ गैर–कथानक (ननफिक्सन) फिल्म घोषित भए । जसले क्रमशः एक लाख र ७५ हजार रुपैयाँको पुरस्कार प्राप्त गरे ।  सो अवार्डहरुलाई मिला प्रोडक्सन प्रालि र नेपाल चलचित्र विकास बोर्डद्वारा प्रदान गरिएको छ।

Hardik ivf

किम्फमा प्रदर्शित यसवर्षको उत्कृष्ट साहसिक पर्वतीय फिल्म जोस्ट भानको ‘ड्रोम्मेल्याण्ड’ भएको छ । उत्कृष्ट फिल्मलाई पासाङ ल्यामु शेर्पा फाउन्डेसनबाट एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ। 

धोंडुप छिरिङको ‘आमा खान्डो’ ले सबैभन्दा बढी दर्शकको रोजाईमा परेर ‘अडियन्स अवार्ड’ जितेको थियो । मुस्ताङको परिवेशमा खिचिएको यस फिल्ममा आमा र सन्तानको मार्मिक सम्बन्धलाई प्रस्तुत गरिएको छ । फिल्मले ७५ हजार रुपैयाँको जितेको छ, जसको प्रायोजन अस्कर इन्टरन्यासनल कलेजले गरेको छ।
 
यसपटक किम्फले आयोजना गरेको ‘परिवर्तित नेपाल’ शीर्षकको तीन मिनेटको सर्ट फिल्म प्रतियोगितामा नवविजय प्रकाश श्रेष्ठको ‘एकता’ पहिलो, भिरा फिल्म्स्को ‘अल्टर द चेन्ज’ दोस्रो र दीपक सुब्बाको ‘द रेड स्काफ’ तेस्रो भए । जसले क्रमश ः ४० हजार, ३० हजार र २० हजार जिते  । महोत्सवमा ‘परिवर्तित नेपाल’ छनोट भएका उत्कृष्ट १० फिल्म प्रदर्शन भएका थिए।
 
किम्फको १७ औं संस्करणमा नेपाललगायत २९ देशका ७९ वटा फिल्महरू प्रदर्शन भएका थिए । फिल्म हेर्ने दर्शकको अपेक्षाअनुरूप साहसिक खेलकुद, पर्वतारोहण, पर्वतीय समाज र संस्कृति, पर्वतीय जीवनशैली तथा वातावरण संरक्षणलगायत विषय समेटिएका वृत्तचित्र, कथानक चलचित्र, लघु चलचित्र र प्रयोगवादी फिल्महरू प्रदर्शन भएका थिए।
 
‘पछाडी पारिएकाहरुको अवाज’ नारासहित आयोजना भएको महोत्सवको समापनमा स्वीस कथानक फिल्म ‘हाइडी’ प्रदर्शन गरिएको थियो । महोत्सवमा फ्रेन्च नागरिक डेनिस पौलेद्वारा खिचिएका नेपालका ४० वर्ष पुराना तस्बिरहरूको प्रदर्शनमा राखिएका थिए ।   महोत्सवमा  विश्व वन्यजन्तु कोष ९डब्लुडब्लुएफ० को हिउँचितुवा संरक्षणसम्बन्धी स्टोरी टेलिङ कार्यक्रम आयोजना गरेको थियो  । एसियाली कला संग्रहालयबारे छिरिङ शेर्पा र साहसिक फिल्म निर्माणसम्बन्धी माइकल डिलनले मास्टरक्लास दिएका थिए। 

हिमाल एसोसिएसनले सन् २००० देखि आयोजना गर्दै आएको किम्फ सन् २०००–२००६ सम्म दुई–दुई वर्षको अन्तरालमा आयोजना भएका थिए । सन् २००७ यता महोत्सव प्रत्येक वर्ष आयोजना गरिदैं आएको छ । किम्फका अध्यक्ष वसन्त थापाले भने, ‘महोत्सव सुरु हुँदा कहिले सकिएला जस्तो हुन्छ, सकिने बेलामा रुनु मन लाग्छ ।’ अर्को वर्षको किम्फमा उत्कृष्ट फिल्महरु लिएर आउने वाचा गरे । फिल्म भनेको बौद्धिक र सिर्जनात्मक हुन्छ भन्ने मान्यता किम्फले स्थापित गर्न लागिपरेको उनको भनाइ थियो । मंसिर २५ देखि आइतबारसम्म राजधानीको सभा गृह र नेपाल पर्यटन बोर्डमा किम्फ सञ्चालन भएको थियो । महोत्सवमा १७ वटा फिल्म प्रतिस्पर्धात्मक थिए । ३२ फिल्म गैर–प्रतिस्पर्धात्मक खण्डमा समावेश भएका थिए । नेपाली पानारोमाअन्तर्गत १४ वटा फिल्महरु प्रदर्शन भएका थिए।

प्रकाशित मिति: २१:३८ बजे, आइतबार, मंसिर २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्