Kathmandu Press

पार्टीभित्रैबाट असहयोग भए पनि विकास गरें : अध्यक्ष ओली

आफूलाई पार्टीभित्रका मान्छेले छेक्दाछेक्दै दुई वर्ष मात्रै सरकार सञ्चालन गरेर काम गरिदेखाएको अध्यक्ष ओलीले बताए।
पार्टीभित्रैबाट असहयोग भए पनि विकास गरें : अध्यक्ष ओली

सुरुंगा (झापा), कात्तिक १३ :  एमाले अध्यक्ष केपी ओलीले आफू प्रधानमन्त्री रहेका बेला पार्टीभित्रैबाट काम गर्न नदिइएको भए पनि देशमा धेरै विकास गरेको बताएका छन्।

आफूलाई पार्टीभित्रका मान्छेले छेक्दाछेक्दै दुई वर्ष मात्रै सरकार सञ्चालन गरेर काम गरिदेखाएको अध्यक्ष ओलीले बताए।

आइतबार झापाको गौरादह नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताको राष्ट्र निर्माणको आकांक्षालाई पूरा गर्न र जनताको सार्वभौमसत्ता स्थापित गर्न अपरिहार्य रहेको बताए। उनले हिजोका कम हेरेर अबको निर्वाचनमा नागरिकले उम्मेदवार छान्ने बताए।

पूर्वप्रधानमन्त्री ओलीले एमाले देशका लागि काम गर्ने पार्टी भएको दाबी गरे। यसपटकको निर्वाचनले देशको भाग्य र भविष्य निर्माण गर्ने पनि उनको भनाइ थियो। 

प्रकाशित मिति: १६:०३ बजे, आइतबार, कात्तिक १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्