Kathmandu Press

विकास र समृद्धिको यात्रा गोरखाबाट सुरु गर्नेछु : प्रचण्ड 

‘म एउटा निश्चित सपना बोकेर गोरखा आएको छु। राजनीतिक परिवर्तन र क्रान्ति धेरै भए तर जनताको जीवनमा परिवर्तन, सुशासन र विकासले गति लिएको रहेछन, परिवर्तनको औचित्य लिएर, सिद्ध गर्ने कुरा भनेजसरी भएको रहेनछ।’
विकास र समृद्धिको यात्रा गोरखाबाट सुरु गर्नेछु : प्रचण्ड 

काठमाडौं, कात्तिक १३ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्धिको यात्रा गोरखाबाट सुरु गर्ने बताएका छन्। उनी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन्।

गोरखाको भच्चेकमा आइतबार आयोजित घरदैलो कार्यक्रममा उनले आफू निश्चित सपना बोकेर गोरखा आएको हुँदा अब विकास र समृद्धिको यात्रा गोरखाबाटै सुरु गर्ने बताएका हुन्। उनले राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्न पनि गोरखाबाट उम्मेदवारी दिएको बताए।

‘म एउटा निश्चित सपना बोकेर गोरखा आएको छु। राजनीतिक परिवर्तन र क्रान्ति धेरै भए तर जनताको जीवनमा परिवर्तन, सुशासन र विकासले गति लिएको रहेछन, परिवर्तनको औचित्य लिएर, सिद्ध गर्ने कुरा भनेजसरी भएको रहेनछ। त्यसकारण म यहाँ आएको हुँ।’

उनले गोरखाबाट उम्मेदवार हुँदा आनन्द महसुस गरेको बताए। ‘गोरखाबाट चुनाव लड्न पाउँदा गौरवान्वित भएको छु, एकदमै खुसी छु। अहिलेसम्मका निर्वाचनमध्ये मेरो लागि सबैभन्दा सहज यही हो,’ उनले भने, ‘एक ढंगले यहाँ आउँदा आनन्द महसुस गरेको छु।’

उनले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईप्रति प्रचण्डले कृतज्ञता व्यक्त गरे। गोरखा–२ बाट यसअघि डा. भट्टराई निर्वाचित भएका थिए।

 

प्रकाशित मिति: १४:३६ बजे, आइतबार, कात्तिक १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्