Kathmandu Press

लिभरपुल लिड्ससँग पराजित

प्रिमियर गिमा लिभरपुलको यो लागतार दोस्रो हार हो। यसअघि उ नटिङघम फरेष्टसाग १-०ले पराजित भएको थियो।
लिभरपुल लिड्ससँग पराजित

काठमाडौं, कात्तिक १३ : प्रिमियर लिगको उपाधि दावेदाबर लिभरपुल पराजित भएको छ। शनिबार राति घरेलु मैदानमा भएको खेलमा लिभरपुल लिड्स युनाइटेडसँग २-१ले पराजित भयो।

लिड्सको जितमा रोड्रिगो र क्रिसेनसियो समरभिले गोल गरे भने लिभरपुलका मोहम्मद सलाहले गोल गरेका थिए।

लिड्सले चौथो मिनेटमै रोड्रिगोको गोलबाट अग्रता लियो। १४औं मिनेटमा मोहम्मद सालाहले बराबरी गोल फर्काए । खेल सकिन एक मिनेट बाँकी हुँदा क्रिसेनसियो समरभिलले अर्को गोल थपेपछि लिड्सले महत्वपूर्ण तीन अंक जोडेको हो ।

प्रिमियर गिमा लिभरपुलको यो लागतार दोस्रो हार हो। यसअघि उ नटिङघम फरेष्टसाग १-०ले पराजित भएको थियो।

लिड्ससँगको हारपछि लिभरपुल प्रशिक्षक योर्गेन क्लोपले एकनासको प्रदर्शन गर्न नसके लिभरपुल अर्को सिजन च्याम्पियन्स लिगबाट छनोट हुन नसक्ने बताए । उनले भने, ‘‘हामीले एकरुपको प्रदर्शन गर्न नसक्ने हो भने अर्को वर्ष च्याम्पियन्स लिगमा छनोट हुन सक्दैनौँ, त्यो निश्चित छ ।’’

१२ खेलबाट १६ अंक जोडेको लिभरपुल नवौँ स्थानमा छ । जुन शीर्ष स्थानको सिटीभन्दा १३ अंकले पछाडि हो भने चौथो स्थानको न्युक्यासल युनाइटेडभन्दा ८ अंकले पछाडि हो । जितपछि लिड्स युनाइटेड १२ खेलबाट १२ अंक जोड्दै १५ औँ स्थानमा उक्लिएको छ।

प्रकाशित मिति: ०९:१८ बजे, आइतबार, कात्तिक १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्