मनकामना दर्शनका लागि जाँदै गरेको बस नवलपरासीमा दुर्घटना, ५ जनाको मृत्यु, २५ घाइते
पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको ना६ख ७५८० नम्बरको बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा दुर्घटना भइको थियो।
नवलपरासी, कात्तिक, १३ : नवलपरासीपूर्वको बलिङ्टारमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।
पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको ना६ख ७५८० नम्बरको बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा दुर्घटना भइको थियो।
आइतबार बिहान भएको सो दुर्घटनामा ५ जनाको मृत्यु हुनुका साथै २५ जना भएको प्रहरीले जनाएको छ। बस आज बिहान ४ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनाका घाइतेलाई उद्धार गरी चितवन ल्याउने तयारी भइरहेको जनाइएको छ । घटनाका सम्बन्धमा थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: ०८:०५ बजे, आइतबार, कात्तिक १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार