सिटीको साँघुरो जित, चेल्सीको लज्जास्पद हार
शनिबार राति भएको खेलमा सिटीले लेस्टर सिटीमाथि १-०को जित निकाल्दा चेल्सी ब्राइनटसँग ४-१ ले पारजित भयो।
काठमाडाैं, कात्तिक १३ : इंग्लिस प्रिमियर लिगमा डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीले साँघुरो जित निकाल्दा लन्डन क्लब चेल्सीले भने लज्जास्पद हार बेहोरोको छ। शनिबार राति भएको खेलमा सिटीले लेस्टर सिटीमाथि १-०को जित निकाल्दा चेल्सी ब्राइनटसँग ४-१ ले पारजित भयो।
सिटीको जितमा केभिन डे ब्रुएना निर्णायक गोल गरे । उनले ४९औ मिनेटमा गोल गरेका थिए।
यो जितसँगै जितपछि १२ खेलबाट २९ अंक जोडेको सिटी आर्सनललाई पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ । एक खेल कम खेलेको आर्सनल २८ अंकसहित दोस्रो स्थानमा छ।
यता, चेल्सी भने ब्राइटनसँग पराजित भयो। घरेलु मैदानमा ब्राइटनलाई जित दिलाउन लियान्द्रो ट्रोसाड र पास्कल ग्रोसले गोल गर्दा २ गोल आत्मघाती भएको थियो । यता, चेल्सीका काइ हाभट्र्जले गोल गरे।
५औं मिनेटमा ट्रोसाडको गोलमा ब्राइटनले सुरुआती अग्रता लियो। १४औं मिनेटमा रुवेन लोफ्ट चिकले आफ्नै पोस्टमा गोल गरेपछि ब्राइन्टले अग्रता दोब्बर बनायो।
४२औं मिनेटमा ट्रेवह चालबाहले फेरि आत्मघाती गोल गरेपछि पहिलो हाफमा ब्राइटनले ३-०को अग्रता लियो । ४८औं मिनेटमा हाभट्र्जले गोल गर्दै चेल्सीलाई खेलमा फर्काउने प्रयास गरे । तर, दोस्रो हाफको इन्जुरी समयमा ग्रसले गोल गरेपछि ब्राइटन ४-१ले विजयी भयो।
यस्तै अन्य खेलमा न्युकासलले एस्टनभिल्लामाथि ४-०को जित निकाल्दा टोटनहमले बोर्नेमाउथमाथि ३-२को जित निकाल्यो । यस्तै, वुल्भ्स ब्रेन्टफोर्डले १-१ को बराबरी खेल्दा क्रिस्टलप्यालेसले साउथह्याम्पटनमाथि १-०को जित निकाल्यो।











